शनिबार जयवागेश्वरी मन्दिर परिसरमा ग्वल: अर्केष्ट्रा २०८० आयोजना हुदैँ

काठमाडौँ – काठमाडौँ महानगरपालिका तथा ग्वल: बाजँ खल:को संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका वडा ८ अन्तरगत रहेको जयवागेश्वरी मन्दिर परिसरमा ग्वल: अर्केष्ट्रा २०८० आयोजना हुने भएको छ ।

काठमाडौँ महानगरपालिका तथा विभिन्न बाजागाजा संरक्षणमा कटिवद्ध रहेका विभिन्न चौधबाट क्लबहरूको सहभागीता तथा सहकार्यमा ग्वल: अर्केष्ट्रा २०८० आयोजना गरिएको हो ।

त्यस्तै, अर्केष्ट्रा २०८० फागुन ५ गते शनिबार दिउँसो ३ बजे आयोजना गरिएको कार्यक्रम संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का आशामान संगतले जानकारी दिनुभयो ।

विभिन्न ग्वल क्षेत्र लगायतका स्थानीय क्लब, संघसंस्था, बाजा खल:, पुच: तथा टोलहरू कार्यक्रमा सहभागी रहने र युवापुस्ता केन्द्रीत बाजागाजाको संरक्षणार्थ ग्वल: क्षेत्रको पहिचानका लागि ग्वल: अर्केष्ट्रा आयोजना गरिएको संयोजक संगलले बताउनुभयो ।

अर्केष्ट्रामा १५० भन्दा बढि कलाकारहरूको सहभागीता रहेको छ । अर्केष्ट्रामा एउटै मञ्चबाट विभिन्न बाजाहरू मार्फत विभिन्न धुनहरू प्रस्तुत गर्न लागिएको हो ।

 त्यस्तै, अर्केष्ट्राका लागि स्थानीय क्लबका प्रतिनिधिहरूले करिब एक महिनादेखि तयारी शुरूवात गरेका थिए । विभिन्न संयोजक तोकेर संयोजकहरूको नेतृत्वमा अर्केष्ट्राकाे व्यवस्थापन अन्तिम चरणमा रहेको छ ।

काठमाडौँ महानगरपालिकाले बाजागाजा तथा संस्कृतिको संरक्षणार्थ तथा मौलिकपन दर्शाउनका लागि अथक प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएकोक वडा अध्यक्ष एवं कार्यक्रम संयोजक आशामान संगतले बताउनुभयो ।

विभिन्न नेवारी पहिचान, बस्ती, आफ्नै कला, संस्कृति, बाजागाजा, मौलिकपन, परम्परागत धुन, धार्मिक स्थल मठमन्दिरको संरक्षणका लागि ग्वल: क्षेत्रमा रहेका नौवटा पौखरी, नौवटा ढुङ्गेधारा, नौवटा जात, नौवटा इनार, नौवटा ढोका, नौवटा टोल, नौवटा शक्तिपिठ, नौवटा पाटिपौवा तथा नौवटा डवलीको संरक्षणका लागि अर्केष्ट्रा आयोजना गरिएको हो । अर्केष्ट्रा मार्फत यी क्षेत्रको पहिचानलाई विश्वमाझ झल्काउने प्रयत्न गरिएको संगतले बताउनुभयो ।

कार्यक्रममा करिब एक हजार व्यक्तिको सहभागीता रहने अनुमान गरिएको छ । त्यस्तै, कार्यक्रममा प्रशिक्षकका रूपमा शिव कुमार संगत एवं बाजा गुरू राजेश संगत रहनु भएको छ भने, सहायक प्रशिक्षकहरू मार्फत कलाकारहरू तयार गरिएको छ । अर्केष्ट्रा मार्फत विभिन्न संस्कृतिलाई विश्वमाझ झल्काउने मुख्य उद्देश्य रहेको छ ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको