कपिलवस्तु बस दुर्घटना : मृतकको संख्या १० पुग्यो, घाइते हुने २८ जनामध्ये ९ अवस्थाको गम्भीर

गएराति कपिलबस्तुमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। मृतकमध्ये अहिलेसम्म एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

‘अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि चिकित्सकले गरेका छन्,’ एसपी पौडेलले केही बेरअघि भने, ‘मृतकमध्ये एकजनाको मात्रै सनाखत भएको छ। बाँकी नौ जानाको सनाखत हुन बाँकी छ।’

दुर्घटनामा ज्यान गुमाउने रौतहटका ४६ वर्षीय नारायण भण्डारीको मात्रै सनाखत भएको उनले बताए। ‘बाँकी नौ मृतकमध्ये ६ जना पुरुष र ३ महिलाको सनाखत हुन बाँकी छ। हामी सनाखतको प्रयास गरिरहेका छौँ।’

दुर्घटनामा घाइते हुने २८ जनामध्ये गम्भीर अवस्थाका ९ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको पौडेलले बताए। ‘आधारभूत अस्पताल र सञ्जीवनी अस्तालबाट उपचारपछि भर्खरै ६ जना डिस्चार्ज भएका छन्। बाँकी १५ जनाको उपचार चलिरहेको छ,’ एसपी पौडेलले भने।

बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की, दुर्घटनामा परेकाे बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द, साेही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार, राप्ती सोनारी- २ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका- ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्।

बुटवल रेफर हुने प्राय सबै घाइतेको अवस्था गम्भीर रहेको पौडेलले बताए।

सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०२- ००१ ख ००९८ नम्बरको बस गएराति सवा १२ बजे कपिलबस्तुको शिवराज नगरपालिका- १ मा सडकबाट झण्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको हो।

सिफारिस

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् । साथै उनले बेपत्ता यात्रुहरूको खोजी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र...

नेपाली सेनाका ३८ सय ८७ जना सैन्यहरू दीक्षित

काठमाडौं - विक्रम सम्वत् २०८० साल भाद्र ३ गतेदेखि...

धेरै पढिएको