उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। यस क्रममा आज (शनिबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा उक्लिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला यत्ति नै रहन पनि सक्छ भने थोरै घट्न पनि सक्छ।

शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो।

यस्तै उपत्यकाको अधिकतम तापक्रम पनि बढ्ने क्रममा जारी छ। आज उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् नगरकोटीको भनाइ छ।

शुक्रबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस थियो। अहिले बिहान उपत्पकामा पातलो हुस्सु लागिरहेकाे छ तर घाम लाग्दै जाँदा यो हटेर जाने मौसमविद् नगरकोटीले बताइन्।

काठमाडौँ उपत्यकाको मौसम भने मुख्यतया सफा (आकाशमा खासै बादल नभएको) छ। ‘आज दिनभर मौसम मुख्यतया सफा नै रहने सम्भावना छ’, उनले भनिन्।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसमविद्का अनुसार बादल लागेको तथा पानी परेको अवस्थामा तापक्रम थोरै घटे पनि मूलतः देशभर अब तापक्रम बिस्तारै बढ्नेतर्फ नै उन्मुख छ।

जाडो अर्थात् हिउँदयामको अवधि अब यही फेब्रुअरी महिना मात्र हो। त्यसपछि प्रिमनसुन सिजन सुरु हुन्छ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको