कस्तो रहला शनिबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कर्णाली प्रदेशके पहाडी भूभागका थोरै स्थानसँगै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कस्तो होला शुक्रबार र शनिबारको मौसम?
२०८० चैत २३ गते (शुक्रबार)
दिउँसो: सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै साथै कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० चैत २४ गते (शनिबार)
दिउँसो: कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सिफारिस

विमान दुर्घटनामा घाइते पाइलट शाक्यको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा...

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्। त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले कारण बुझ्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

महिला एसिया कप: भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं - नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।...

एमालेले टुंग्यायो बागमतीमा मन्त्री हुने ६ जनाको नाम

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम...

धेरै पढिएको