‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूको माग

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन्।

पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने भनी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही माग गरेका हुन्।

‘प्रधानमन्त्रीसमक्ष मन्त्री गुरुङको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, मञ्चको विज्ञप्तिमा भनिएको छ।

आइतबार पोखरामा पत्रकार सम्मेलनमा मन्त्री गुरुङले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गरेको आरोप लगाउँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विरोध भइरहेको छ।

पदीय हैसियत नै बिर्सिएर मन्त्री गुरुङले दिएको अभिव्यक्तिले उनी प्रहरीको नजरमा गिरेको टिप्पणी पूर्व प्रहरी प्रमुखहरूले गरेका छन्।

‘अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्र सेवक नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने जस्ता शब्दहरूको प्रयोग गर्नु भएकोमा यस मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

मन्त्री गुरुङबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले उनकै राजनीतिक कद घटाएको र नेपाल प्रहरीको नजरबाट गिरेको उल्लेख गरेका छन्।

मञ्चले मन्त्री गुरुङलाई तत्काल उक्त बचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरक्षिकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व सचेत रहन आग्रह गरेको छ।

मञ्चले प्रहरी संगठन र प्रमुखलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन पनि मञ्चले ऐक्यवद्धतासहित अपिल गरेको छ।

सिफारिस

राजावादीहरू उग्र भएपछि काठमाडौँका यी क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश...

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

धेरै पढिएको