अब पर्व बिदामा पनि खुल्नेछ सरकारी अस्पतालको ओपीडी, स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं – सरकारी अस्पतालहरुले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदमा सरकारी अस्पतालमा ओपीडी खोल्नुपर्नेछ ।

जात्रा बिदा अन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा रहेका छन् । त्यसैगरी सार्वजनिक दिवश अन्तर्गत गणतन्त्र दिवश, शहीद दिवश, राष्ट्रिय प्रजातन्त्र दिवश, अन्तर्राष्ट्रिय महिला दिवश रहेको छ ।

जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वी जयन्तीमा पनि ओपीडी खुला हुनेछन् । तर नेपाल चिकित्सक संघले सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।

संघले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको जनाएको छ । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेको छ ।

स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको पत्र

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको