काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको फेशबुक पेज केपी शर्मा ओली अनफलोको बाढी आएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थकहरुले ओलीको भेरिफाईड पेज अनफलाको अभियान छेडेका हुन् । यो समाचार तयार पार्दासमेत ६ लाख ६२ हजारको पेजलाई घटाएर ६ लाख २ हजारमा झारेका छन् ।
काठमाडौंका मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरमा काम गर्न राखेर बाल शोषण गरेको भन्दै कारबाही गर्न माग गरेका थिए । एमाले समर्थकहरुले रिपोर्ट गरेपछि बालेनको स्टाटस फेशबुकबाट गायब भएको थियो ।
त्यही सन्दर्भमा बालेनले “फेशबुकमा पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ” भनेर लेखेका थिए । यही सिलसिलामा बालेनका समर्थकहरुले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको फेशबुक पेज अनफलो गरेका हुन् । यो क्रम तिव्र गतिमा चलिरहेको छ ।