त्रिशूली नदीमा ट्रक खसेको छ। आइतबार बिहान सिमराबाट काठमाडौं आउँदै गरेको ट्रक नारायणघाट-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ को २५ किलोबाट त्रिशूली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले ना ६ ख ६२८३ नम्बरको ट्रक खसेको जानकारी प्राप्त भएको बताए।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।