ओमानविरुद्ध नेपालको फराकिलो जित, गुल्सन झाको अलराउण्ड प्रदर्शन

काठमाडौं – क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ।

क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हरायो। नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो।

नेपालले दिएको १७७ रनको जवाफमा ब्याटिङमा गरेको ओमान ५ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १३९ रनमा सीमित भयो।

ओमानका सोहेब खानले सर्वाधिक ४५ रनको योगदान गरे। यसैगरी, रफुलाले १२ बलमा ३३ तथा फ्रेयज बटले अविजित रहँदै ६ बलमा १७ रन जोडे।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यसैगरी, झाले २.१ ओभरमा १४ रन खर्चेर २ तथा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७६ रनको योगफल खडा गरेको थियो। झाले अविजित रहँदै १७ बलमा ४० रनको विस्फोटक पारीलाई ऐरीले ५ बलमा १८ रन जोडेर साथ दिएका थिए।

नेपालका कुशल मल्लले ३० तथा अनिल शाह र आसिफ सेखले समान २७ रनको योगदान गरे। ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए।

गुल्सन म्यान अफ दि म्याच बनेका छन्। आठ खेलपछि नेपालको यो पहिलो जित हो।

सिफारिस

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायतका रोग भएका व्यक्तिलार्ई इनर्जी ड्रिङ्क्स...

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

भर्खरै

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

धेरै पढिएको