कक्षा ९, १० र ११ का विद्यार्थीले परीक्षा र रजिस्ट्रेसन शुल्क तिर्नु नपर्ने

राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले परीक्षा र रजिस्ट्रेसन फारम बापतको शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न लागेको छ।

राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्याउन लागेको व्यवस्थाअनुसार अर्को वर्षदेखि विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन। यसबाट झण्डै पाँच लाख विद्यार्थी लाभान्वित हुनेछन्।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षा फारम र रजिस्ट्रेसन फारम शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ।

सरकारी राजस्वसँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णयसहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने हुन्छ।

अर्थ मन्त्रालयले आर्थिक वर्षको सुरुवात हुनुअघि संसद्मा प्रस्तुत गर्ने विनियोजन विधेयकबाट यो विषय हटाएपछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ।

तर, चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट सङ्कलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिस्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको पौडेलले बताए ।

अर्थ मन्त्रालयसँग यस विषयमा छलफल गर्दा शुल्क मिनाहा गर्न नसकिने भएपछि मन्त्रालयले अर्को वर्षदेखि मात्रै शुल्क नलिने गरी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो।

बोर्डको अहिलेको निर्णय अनुसार सामुदायिक विद्यालयमा अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले रजिस्ट्रेसन र परीक्षा शुल्कबापत सरकारलाई पैसा तिर्नु नपर्ने पौडेलको भनाई छ।

अहिले रजिस्ट्रेसन फारामबापत विद्यार्थीले तीन सय रुपियाँ राजस्व तिर्दै आएका छन् । त्यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि हरेक विद्यार्थीले परीक्षा फारामबापत पाँच सय रुपियाँ राजस्व तिर्दै आएका छन्।

कक्षा ११ मा रजिस्ट्रेसन फाराम भरेबापत विद्यार्थीले बोर्डलाई छ सय रुपियाँ राजस्व तिर्दै आएका छन् । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित विद्यालयको भए पनि रजिस्ट्रेसन शुल्क भने बोर्डले लिँदै आएको छ।

सिफारिस

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायतका रोग भएका व्यक्तिलार्ई इनर्जी ड्रिङ्क्स...

भर्खरै

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

धेरै पढिएको