काठमाडौँमा ‘इद उल फित्र’ को उल्लास (तस्वीरहरू)

काठमाडौँ –  ‘इद उल फित्र’ पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन् ।

हजारी पात्रो अनुसार नवौँ महिनामा गरिने एक महिने रोजा (उपवास) समाप्त भएपछि विशेष नमाज पढी ठूलाबडाबाट आशीर्वाद लिँदै यो पर्व मनाउने परम्परा रहेको छ ।

विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना सदस्यलाई आशीर्वाद दिने चलन छ। पाहुनालाई सेवई, खजुरजस्ता परिकार खुवाउने परम्परा पनि रहेको छ।

यो पर्वमा दानको विशेष महत्व हुन्छ। आफ्नो क्षमताअनुसार दान गरी गरिब तथा दीनदुःखीलाई सहयोग गर्ने भएकाले यसलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोको नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने गरिन्छ।

कुरान अनुसार, प्रत्येक मुस्लिमले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत दान गर्नुपर्ने व्यवस्था छ, जसलाई जकात भनिन्छ।

साथै, प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको रकम दान गर्ने चलन छ, जसलाई सत्कार फितर भनिन्छ। यो दान गर्भमा रहेको शिशुको नाममा समेत गर्नुपर्ने मान्यता छ।

एक महिनाअघि सुरु भएको रोजा अवधिभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म उपवास बस्दै आएका थिए । यसलाई आत्मशुद्धि र पापबाट मुक्ति पाउने माध्यमका रूपमा लिने गरिन्छ। इदको अवसरमा मुस्लिम समुदायले नयाँ लुगा लगाउने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र शुभकामना साटासाट गर्ने गर्छन् ।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको