प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर – किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन गरिएको हो ।

समापन कार्यक्रममा सयौँ युवायुवती मौलिक भेषभूषामा सजिएर ढोल, झ्याम्टा र चम्मरको तालमा साकेला सिली नाचेका थिए । दौरा–सुरुवाल र नेपाली टोपीमा सजिएका युवा तथा गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला र नौगेडीजस्ता गरगहनामा सजिएका युवतीहरूको बाक्लो सहभागिताले साकेला थान उत्साहमय बनेको थियो ।

किरात समुदायले उँभौलीलाई प्रकृतिपूजासँग जोडिएको पर्वका रूपमा मनाउने गरेका छन् । खेतीपाती राम्रो होस्, उन्नति र समृद्धि प्राप्त होस् भन्ने कामनासहित भूमेस्थानमा पूजा गर्ने परम्परा रहिआएको छ । वैशाख महिनादेखि मौसम तातिँदै जाँदा मानिस, चराचुरुङ्गी तथा जनावर उँभो अर्थात् माथिल्लो भूभागतर्फ सर्ने जीवनशैलीसँग यो पर्व जोडिएको विश्वास गरिन्छ ।

किरात समुदायभित्रका राई, लिम्बू, सुनुवार, याक्खालगायत जातिहरूले यो पर्वलाई आ–आफ्नो भाषा र परम्पराअनुसार फरक नामले मनाउने गरेका छन् । लिम्बू समुदायले ‘चासोक’ वा ‘यक्वा तङनाम’, सुनुवारले ‘फोलष्यादर’, बान्तावाले ‘साकेन्वा’ तथा राई समुदायले ‘साकेला’ नामले यस पर्वलाई मनाउने परम्परा छ ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको