काभा महिला भलिबल: भारतसँग पाँच सेटसम्म लड्दा पनि नेपाल पराजित (तस्वीरहरू)

काठमाडौं – घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले हारबाट यात्रा थालेको छ। त्रिपुरेश्वरस्थितराष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमामा शुक्रबार भएको उद्घाटन खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भयो।

उत्साहजनक प्रदर्शन गरेको नेपालले पहिलो सेट २५–२१ ले जित्दै शानदार सुरुवात गरेको थियो। घरेलु समर्थकको साथ पाएको नेपाली टोलीले सुरुआती सेटमा भारतलाई दबाबमा राख्दै १–० को अग्रता बनायो।

तर त्यसपछि भारतले पुनरागमन गर्‍यो। दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै भारतले खेलमा २–१ को अग्रता बनायो।हारको दबाबमा रहेको नेपालले चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्‍यो। निकै प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२१ ले जितेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।

निर्णायक पाँचौं सेटमा भने भारत हाबी बन्यो। भारतले १५–९ ले सेट जित्दै खेल आफ्नो पक्षमा पार्‍यो र प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भयो।

यस खेलमा निरूता ठगुन्नाले पहिलो पटक नेपाली टोलीको कप्तानी सम्हालेकी थिइन्। नेपालले अब शनिबार किर्गिस्तानसँग दोस्रो खेल खेल्नेछ।यसअघि शुक्रबार नै भएको पहिलो खेलमा इरानले बङ्गलादेशलाई सोझो सेटमा हराएको थियो। एकपक्षीय बनेको खेलमा इरानले २५–६, २५–९ र २५–१० को सहज जित निकाल्यो।

एफआईभीबी वरियतासँग जोडिएको प्रतियोगिता भएकाले सहभागी सबै टोलीका लागि यो प्रतियोगिता महत्वपूर्ण मानिएको छ। आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने श्रीलंका, बङ्गलादेश, इरान र काजकिस्तान समूह ‘बी’ मा रहेका छन्। शुक्रबार नै किर्गिस्तान र माल्दिभ्सबीच तेस्रो खेल हुनेछ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको