मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहल मा आइतबार भएको खेलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

नेपालले समूह चरणको अन्तिम खेलमा मालदिभ्सलाई २५–१२, २५–९ र २५–२० ले हरायो। लगातार दोस्रो जितसँगै नेपालले अंक तालिकामा ७ अंक जोडेको छ। भारत ५ अंकसहित दोस्रो स्थानमा रहँदा किर्गिस्तान ३ अंकमा तेस्रो स्थानमा छ। मालदिभ्सले भने समूह चरणमा कुनै अंक जोड्न सकेन।

अब सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ। भारत सोझो सेटमा पराजित भए किर्गिस्तान सेमिफाइनलमा पुग्नेछ।नेपालले समूह चरणको पहिलो खेलमा भारतसँग ३–२ को सेटमा हार बेहोरेको थियो। त्यसपछि दोस्रो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै पुनरागमन गरेको थियो।

आइतबारकै पहिलो खेलमा ईरानले श्रीलंकालाई २५–१६, २५–१३ र २५–११ ले पराजित गर्‍यो। दोस्रो खेलमा कजाकस्तानले बंगलादेशलाई ३–० को सेटमा हरायो। सोमबार च्याम्पियनसिपअन्तर्गत तीन खेल हुनेछन्। पहिलो खेलमा बंगलादेश र श्रीलंका, दोस्रो खेलमा भारत र किर्गिस्तान तथा अन्तिम खेलमा ईरान र कजाकस्तान आमनेसामने हुनेछन्।

नेपालको जितमा कप्तान निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको