स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नियमविपरीत साइलेन्सर तथा अन्य संरचनामा परिवर्तन गरी ध्वनि प्रदूषण गराउने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिनेछ। कारबाहीका क्रममा मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाई आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित धनीलाई फिर्ता दिने गरिएको छ।

सवारी साधनको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण हुनुका साथै सर्वसाधारणको स्वास्थ्य र दैनिक जनजीवनमा समेत प्रतिकूल असर पर्ने भएकाले यस्तो कार्य नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सवारी धनी तथा चालकलाई सवारी साधन कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार नै सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न अनुरोध गर्नुभएको छ।

default

सिफारिस

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

भर्खरै

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको