काठमाडौं – संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् । संवैधानिक परिषद्को बैठक भर्खर सकिएको हो । बैठकको बारेमा कुनै औपचारिक जानकारी भने गराइएको छैन ।
अध्यादेश जारी गरेर बसेको संवैधानिक परिषदको बैठकले कुनै निर्णय भने नगरेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार बैठकमा नियुक्तिका विषयमा सामान्य छलफल भएको थियो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थित रहेका थिए ।
यसबीचमा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति कार्यालयले गणपूरक संख्या कटौती गर्ने प्रावधानसहितको अध्यादेश जारी गरेको थियो ।
अध्यादेशमा संवैधानिक परिषद्का अध्यक्षसहित बैठकमा कायम रहेको बहुमतले निर्णय गर्न सक्ने छ ।
