यस्तो छ आजको मौसम : यी स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौंमा आज बिहान हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

‘पानी ठूलोचाहिँ पर्दैन तर आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहन्छ, घाम लाग्ने सम्भावना कमै छ,’ मौसमविद श्रेष्ठले भने ।

हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली पुस २२ गते (बुधबार) देखि कमजोर हुँदै जाने पूर्वानुमान छ ।

मौसमविद श्रेष्ठका अनुसार अनुसार काठमाडौं उपत्यकासहित धेरैजसो पहाडि जिल्लाहरुमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात पनि भएको छ ।

पानी परे पनि काठमाडौं उपत्यकामा अघिल्लो दिनको तुलनामा न्यानो महसुस भएको छ । आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको मौसमविद श्रेष्ठले बताए ।

सिफारिस

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले बुधबार राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो। मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

एकैपटक ४८ जना उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं - सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको...

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं - संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को...

धेरै पढिएको