कक्षा १२ को नतिजा कहिले हुन्छ प्रकाशित ? यस्तो भन्छ बोर्ड

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने जनाएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ ।

गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी छन् । कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ । परीक्षार्थी संख्या थोरै रहेको जनाइएको छ । ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन हुनेछ ।

कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो । सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ ।

‘सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्बर भरेको हुँदा उल्टोपाल्टो देखिएकाले इन्ट्री गर्ने काम ढिलो भएको छ,’ बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने, ‘इन्ट्री सकिएलगत्तै रुजु गरिनेछ । सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुनेछ ।’

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको