काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरामा नमान्नु नै आफूहरुको अपराध भएको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको राजनीतिक एवं संवैधानिक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।
“हाम्रो अपराध भनेको छलफलको नाम लिएर हो । उहाँको कुरामा हस्-हजुर नभन्नु नै हाम्रो अपराध हो । त्यही अपराधको दण्ड कम्युनिस्ट आन्दोलनले बोक्नुपरेको छ, लोकतान्त्रिक आन्दोलनले बोक्नु परिरहेको छ । उहाँको तानाशही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको छ । पिल्सिएका मानिसहरुले आइया, आत्थु पनि भन्न पाउँदैन,’’ नेपालले भने ।
कार्यक्रममा नेपालले संवैधानिक कू गरेका बेला चुनावको अर्थ नभएको बताए ।