तनहुँबाट निर्वाचन लड्न प्रदीपले दिए पार्टीमा आवेदन, पाउलान् त टिकट ?

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू इच्छुक भएको निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो।

सोही माग अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्नेगरी पार्टीमा आवेदन दिएको पौडेलले बताए।

उनले यसअघि पनि तनहुँ २ बाटै उम्मेदवार हुने बताउँदै आएका थिए। केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जित प्रकाश आलेले पनि सोही क्षेत्रमा उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन्।

पौडेल गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए। शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।

यहाँ कांग्रेसका शंकर भण्डारी ०७४ को निर्वाचनमा उम्मेदवार बनेका थिए। सो क्षेत्रबाट नेकपा एमालेका केदार सिग्देल ३२ हजार ९ सय २४ मतसहित विजयी हुँदा भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए।

भण्डारीले यो पटक तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन्। तनहुँ–१ मा अन्तिम पटक निर्वाचन लड्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमा घोषणा गरिसकेका छन्। पौडेलले गत ३ भदौमा गृहनगर दमौलीमा संचारकर्मीसँग कुरा गर्दै अन्तिम पटक सोही क्षेत्रबाट निर्वाचन लड्ने चाहना ब्यक्त गरेका थिए।

कांग्रेसले प्रदेश कार्यसमितिलाई भदौ २० भित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको