एकीकृत समाजवादी छाडेर यी २ सांसद एवम् पूर्वमन्त्री एमाले मै फर्किए, ओलीले गरे स्वागत

नेकपा एकीकृत समाजवादीका दुई जना सांसद नेकपा एमालेमा फर्किएका छन्। समाजवादीका दुई जना सांसद एबम् पूर्वमन्त्री तारालामा तामाङ र कुलवीर चौधरी रहेका छन्

बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

बुधबार बिहानै ओली कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधनका लागि पुगेका थिए।

उनको उपस्थितिमा तामाङ र चौधरी मूल पार्टीमै फिर्ता भएका छन्। चौधरी नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम सरकारमा राज्यमन्त्रीसमेत थिए।

नेकपा एमालेमा प्रवेश गर्ने भएपछि उनलाई समाजवादीले मन्त्री पदबाट बर्खास्त गरिसकेको छ। यस्तै तारा लामा तामाङ पनि प्रदेश सांसद हुन्।

यता एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको छ । उनलाई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।

चौधरी २५ चैत २०७८ मा मन्त्रीमा नियुक्त भएका थिए । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको हुन सक्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रावलको भनाइ छ ।

यस्तै एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तारा लामा तामाङलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने भएको छ।

प्रदेश कमिटी उपसचिव पदमा रहेका तामाङ पार्टी विरुद्धका गतिविधीमा संलग्न रहेको भन्दै प्रदेश कमिटीले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो।

सिफारिस

स्वास्थ्यकर्मी र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता...

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

भर्खरै

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

धेरै पढिएको