एमालेले कारबाही गरेका नेता रेशम चाैधरीको पार्टीमा प्रवेश

स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीले कारबाही गरेका नेकपा एमाले कैलालीका निवर्तमान जिल्ला अध्यक्ष रतनबहादुर थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा सहित थुप्रै नेता नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको कैलाली अध्यक्ष कैलाश चौधरीले जानकारी दिए।

उनका अनुसार बिहिबार संघीय राजधानी काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापा सहित एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायत नेताहरुलाई अध्यक्ष रञ्जिता श्रेष्ठले टीका लगाएर स्वागत गरेकी छन्।

०७८ पुसमा सम्पन्न एमाले कैलालीको अधिवेशन अन्तर्गत भएको चुनावमा रणबहादुर चन्दलाई ४ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका थिए। उनलाई स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोपमा एमालेले अध्यक्षबाट हटाएको थियो।

उनी एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद पनि थिए। थापा कैलाली निर्वाचन क्षेत्र नम्बर २ ९१० मा ०७४ सालमा एमालेबाट विजयी भएका थिए।

एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापालाई स्थानीय तहको चुनावमा अन्तर्घात गरेको आरोपमा एमालेले जिल्ला अध्यक्षबाट हटाएको थियो ।

७ भदाै २०७२ मा कैलालीकाे टीकापुरमा भएकाे हिंसात्मक आन्दाेलनका क्रममा एक नाबालक र आठ प्रहरी गरी ९ जनाकाे हत्या भएकाे घटनामा मुख्य याेजनाकारकाे अभियाेगमा जेलमा रहेका रेशम चाैधरीले श्रीमतीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।

३० वैशाखमा स्थानीय चुनाव हुनुभन्दा केही समयअघि मात्रै निर्माण भएकाे याे पार्टीले कैलालीमा आफ्नाे उपस्थिति बलियाे पारेकाे छ । पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे चुनावमा कैलालीमा पहिलाे हुने लक्ष्य लिएकाे छ ।

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको