फेरिए बालेनका सारथि, जिम्मेवारी सम्हाल्न आए अधिकारी

काठमाडौँ — काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव बसन्त अधिकारीलाई सरुवा गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेललाई सङ्घीय मन्त्रालयको अतिरिक्त समूहमा राखेर अधिकारीलाई सरुवा गरिएको हो ।

अधिकारी दुई वर्षभन्दा बढी समयदेखि सङ्घीय मन्त्रालयमा थिए । पौडेललाई ९ महिनाअघि महानगरमा सरुवा गरिएको थियो । महानगरको प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयले बिहीबार राति अबेरसम्म सङ्घीय मन्त्रालयमा बसेर १० जना सहसचिव सरुवा गरिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले हिजो राति ९ बजे सहसचिवको सरुवा टुङ्याएको स्रोतले जनाएको छ । सहसचिव अधिकारी भने सङ्घीय मन्त्रालयका प्रवक्ता थिए ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई विभाग पठाएको दुई महिना नपुग्दै सरुवा गरिएको छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव टोकराज पाण्डेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । उक्त विभागको महानिर्देशकमा पाण्डेलाई पठाउने तयारी गरिएको छ ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमाललाई गृह मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै स्थानीय पूर्वाधार विकास विभागका सहसचिव कृष्ण कुमार मिश्रलाई मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

उक्त प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका दिपक कुमार दासलाई वित्त आयोगमा सरुवा गरिएको छ । वेपत्ता आयोगकी रोशनी कुमारी श्रेष्ठलाई गृहमा सरुवा गरिएको छ ।

सङ्घीय मन्त्रालयमा अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लगिएको छ । वित्त आयोगमा कार्यरत शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

सिफारिस

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदै छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) देखि धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

भर्खरै

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

धेरै पढिएको