बालेनका मुख्य चुनावी रणनीतिकारसहित तीन जना रवि लामिछानेको पार्टीमा प्रवेश

काठमाडौं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहका मुख्य चुनावी रणनीतिकार गणेश कार्की रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

उनीसँगै वातावरणविद् डा. अरनिको पाँडे र महिला उद्यमी सुमना श्रेष्ठलाई पनि प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका पाँडे दलमै आबद्ध हुने निर्णय गरेका हुन् । उनीसहित तीनै जना पार्टीका केन्द्रीय सदस्य बनेका हुन् ।

पाँडे प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर चुनावी तयारीमा जुटेका थिए । पार्टी अध्यक्ष लामिछानेले बिहीबार उनलाई केन्द्रीय समितिमा स्वागत गरिएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

पाँडे हिमालय क्षेको वायु प्रदूषण, जलवायु र दीगो विकासका विज्ञ समेत मानिन्छन् । गणेश कार्की काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहका मुख्य चुनावी रणनीतिकारमध्ये एक हुन् । उनले महानगरलाई आवश्यक सुझाव दिने र रणनीति बनाउने काममा भाग लिँदै आएका थिए ।

सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् ।

‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’

आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको लामिछानेले बताए ।

यस्तै, लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने जनाइसकेको छ । नागरिकको आवाज सुनेपछि पार्टीले प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय लिएको थियो ।

खर्चिलो संरचना बनाएर राज्यको ढुकुटी सक्नुभन्दा सुधारेर जानु आवश्यक भएको भन्दै प्रदेशसभामा सहभागी नुहँदा मुलुकको खर्च जोगिने कारणले सो निर्णय गरेको उनले बताएका छन्।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको