यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकहरूको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको बताइन्।

यस्ता छन् निर्णय
डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने।

सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारुण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने।

राष्ट्रिय प्रशारण १२ औं संशोधन नियमावली, २०८० स्वीकृत गर्ने।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने।

नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशीलाई नियुक्ति गर्ने।

एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने।

सिफारिस

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो...

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले झिलिमिली बनेका छन्। हिन्दूहरूको महान् पर्व तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा–आराधना गरी धन,...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र...

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा...

तस्विरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिरमा यसरी गरियो काग पूजा

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा...

नवराज कुँवरलाई नोजा पत्रकारिता अनर अवार्ड

काठमाडौँ - पत्रकार नवराज कुँवर नेशनल नोजा अनर अवार्डबाट...

धेरै पढिएको