आज यी प्रदेशमा हुनेछ चट्याङसहितको वर्षा, केही भू-भागमा हावाहुरी आउने

नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले कोशी प्रदेशलगायत पहाडी भू-भागमा बदली भइरहेको छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज पहाडी भू-भागमा बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीलगायत केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी समेत आउने सम्भावना छ ।

त्यस्तै मंगलबार पहाडी भू-भागमा बदली हुनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । सुदूरपश्चिम, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

बुधबार पहाडी भू-भागमा बदली हुनेछ । कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सिफारिस

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय दिने फिफा सहायक रेफ्री मरिना धिमाल अब प्रहरी पोसाकमा नयाँ दर्ज्यानी चिन्हसहित देखिने भएकी छन्।...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

धेरै पढिएको