सिग्देललाई प्रधान सेनापतिको कार्यभार हस्तान्तरण

प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझाएका हुन्।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन्।

प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन्। प्रधान सेनापति अवकाश हुनुअघि एक महिना घर बिदामा बस्ने अभ्यास रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन्।

कार्यभार बुझबुझारथ समारोहमा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रुपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको भनी खुसी व्यक्त गरे।

प्रधान सेनापति शर्माले आजै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सिफारिस

भृकुटीमण्डपमा थरिथरिका च्याउ (तस्वीरहरू)

नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा च्याउ दिवसको अवसरमा च्याउ मेलाको आयोजना गरियो । मेलामा फरक प्रजातिको प्रदर्शनी...

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा खस आर्य समूहका पहिलो तीन उम्मेदवार प्रजातान्त्रिक विधिबाट चयन गरेको छ। आज बसेको कार्यसम्पादन समिति...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित उल्लासपूर्वक मनाइँदैछ। पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु...

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष...

प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी...

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र...

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल...

धेरै पढिएको