सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदै छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) देखि धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म फैलिएको २ हजार ६८८ मिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी भित्रिने र बाहिरिने यात्रु तथा सवारीसाधनको यात्रा थप सहज हुने अपेक्षा गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायत उच्च अधिकारीहरूको उपस्थितिमा आज बिहान सुरुङमार्ग उद्घाटन गरिने कार्यक्रम छ। उद्घाटनसँगै निर्माण कम्पनीले आयोजना नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्नेछ।

कार्यक्रमअनुसार मन्त्री, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा यातायात सञ्चालनको शुभारम्भ गर्नेछन्। प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। केही दिन सुरक्षा, ट्राफिक व्यवस्थापन तथा प्राविधिक प्रणालीको परीक्षण गरिने भएकाले यस अवधिमा कुनै पनि सवारीसाधनबाट शुल्क नलिने व्यवस्था गरिएको छ।

पूर्ण रूपमा सञ्चालनमा आएपछि कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक तथा टिपरका लागि काठमाडौंतर्फ ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। ठूला बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, तीनपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ।

आयोजनामा मुख्य सुरुङसँगै उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ निर्माण गरिएको छ। सुरुङभित्र अत्याधुनिक सीसीटीभी, सञ्चार प्रणाली, भेन्टिलेसन, दमकल, आकस्मिक उद्धार उपकरण तथा अक्सिजन प्रवाह प्रणाली जडान गरिएको छ, जसले यात्रुको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ।

जापान सरकारको करिब २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो परियोजना सुरुमा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड–१९ महामारी तथा अन्य प्राविधिक कारणले निर्माण अवधि लम्बिएको थियो।

सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको घुमाउरो र उकालो बाटोमा हुने ट्राफिक जाम कम हुने, इन्धन बचत हुने तथा यात्रुहरूले झण्डै एक घण्टासम्म यात्रा समय बचत गर्न सक्ने अपेक्षा गरिएको छ।

 

      

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको