काठमाडौं – कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १६ कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।
नेपालमा थप १२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ताका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २३८८६१ पुगेको छ।
पछिल्लो अपडेट अनुसार १५४४७ जना सक्रिय संक्रमित पुगेका छन्।
