डम्बर निदाल
डडेल्धुरा – नेपाली कांग्रेसका युवा नेता नैन सिंह महरले बर्तमान सरकार वाट समृद्धिको आश गर्नु भ्रममा बाँच्नु मात्र भएको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महरले सत्ता स्वार्थका लागि एक भएका दुई कम्युनिष्ट पार्टीका कारण मुलुकको दुगर्ती भएको र बर्तमान सरकार बाट समृद्धिको आश गर्नु भ्रममा बाँच्नु मात्रै भएको बताएका हुन् ।
सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संबिधानभन्दा माथि जान खोजेको आरोप लगाए । साथै कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताएका छन् ।
गृह जिल्ला डडेल्धुरा पूगेका नेता महरले पत्रकार सम्मेलनमा ७० वर्षको लामो संर्घषपछि प्राप्त उपलब्धीलाई नेकपाले तिन वर्षमै संकटमा पारेको आरोप समेत लगाएका छन् ।
सरकारप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका महरले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुब्र्यबहार लोकतन्त्रकै अपमान भएको र त्यसैको बिरोधमा कांग्रेस देशब्यापी बिरोधमा उत्रिएको समेत बताए । डडेल्धुरा मा पनि केन्द्र ले तय गरेको २९ गतेको पार्टीको कार्यक्रममा सरकारको भण्डाफोर गरिने वताए ।
‘लोकतन्त्रका लागि जिवनभर लडेको एउटा योद्धामाथि यसप्रकारको दुब्र्यबहार हुन्छ भने यो सरकारलाई कसरी लोकतान्त्रिक भन्ने ?’ नेता महरले प्रश्न गर्दै भने–‘सरकारले कहिले प्राध्यापक थुन्यो, कहिले चिकित्सकलाई अस्पतालबाटै उठायो, सांसद अपहरण ग¥यो, हुँदाहुँदा एउटा बरिष्ठ राजनितिककर्मीलाई पक्राउ गरियो ।’ यो के हो ?
नेकपाभित्रको लेनदेनको राजनितिले मुलुकलाई बन्धक बनाएको नेता मरहले बताए । ‘मुलुक महामारीको गम्भीर संकट झेलिरहेको छ तर सरकार र सत्तारुढ दल के गरिरहेको छ’ महरले भने–‘कसैलाई कुर्सी बचाउनुछ कसैलाई कुर्सी चाहिएको छ, जनता मरिरहेका छन् ।’
कांग्रेसको भूमिकाका सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता महरले प्रमुख प्रतिपक्षीका हैसियतका कांग्रेसले निरन्तर सरकारलाई खवरदारि गरिरहेको बताए । ‘समय र परिस्थितिले कतिपय कुुरा गर्न सकिएको छैन, तर यसको मतलव कांग्रेस चुप छ भन्ने होइन ।’
सत्ता स्वार्थका लागि एक भएका दुई कम्युनिष्ट पार्टीका कारण मुलुकको दुगर्ती भएको जिकिर गर्दै नेता महरले कम्युनिष्टहरुबाट समृद्धिको आश गर्नु भ्रममा बाँच्नु मात्रै भएको बताए । ‘कम्युनिष्टहरु भ्रम छर्छन् र राज गर्छन्, यो नै उनीहरुको असली चरित्र हो’ महरले भने–‘झुट्टा सपनामा विश्वास गर्नु मतदाताको ठूलो भूल थियो, जुन वर्तमान सरकारले नै पुष्टि गरेको छ ।
