अब अंग्रेजी नजान्ने भिजिट भिसामा विदेश जान नपाउने

काठमाडौँ – सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो ।

वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढेको सरकारको निष्कर्ष छ ।

भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाइ टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकामा अब त्यस्ता व्यक्तिले २० लाख रुपैयाँको बीमा र न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

खाडी मुलुकमा मात्रै भिजिट भिसामा गएर अवैध रुपमा बस्ने ५० हजारभन्दा बढी महिला रहेको अनुमान छ । अध्यागमन कार्यविधि संशोधनको मस्यौदा बनाएर छिट्टै गृह मन्त्रालयमा पठाइने महानिर्देशक रमेश केसीले बताए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सिफारिस

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ।...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

भर्खरै

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

धेरै पढिएको