थपियो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि

काठमाडौ । सरकारले गोरखा भूकम्पको पुनर्निर्माणमा सहजीकरणका लागि भन्दै गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि एक वर्षका लागि थप गरेको छ । २०७२ सालको पुष ११ गते गठन भएको प्राधिकरणको कार्यकाल यही पुष १० गते सकिंदै थियो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्राधिकरणको समयावधि पुष १० गतेबाट लागू हुने गरी एक वर्षका लागि थप गर्ने निर्णय गरेको हो । त्यसको औपचारिक पत्र आइतबार प्राप्त भएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन अनुसार बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ । प्रधानमन्त्री अध्यक्षताको प्राधिकरणको निर्देशक समितिको सिफारिस अनुसार म्याद थप गरिएको हो ।

कोरोना महामारीका कारण स्रोत व्यवस्थापन र निजी आवास पुनर्निर्माणतर्फ सीमान्तकृत घरपरिवारले घर बनाई नसकेका कारण म्याद थपको सिफारिस गर्ने निर्णय समितिले गरेको थियो । गोरखको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको साढे ५ वर्ष बितिसक्दा पनि निजी आवासतर्फ ७१ प्रतिशत काम मात्र सम्पन्न भएको छ । निजी आवास निर्माणलाई प्राथमिकतामा दिंदा पुरातात्विक सम्पदाको पुनर्निर्मणमा ढिलाई भएको प्राधिकरणले जनाएको छ ।

समयावधि २०७८ सालको पुष ९ गतेसम्म कायम भएपनि अधिकांश स्थानमा पुनर्निर्माणको काम जारी रहेकाले यही आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने प्राधिकरणको दावी छ । प्राधिकरणले थपिएको अवधिमा निजी आवास, सिंहदरबार, रानपिोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फर्स्यौट गर्नुपर्ने कार्य गर्ने बताइएको छ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको