सरकारले थप्यो सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने म्याद

काठमाडौँ – सरकारले सवारीचालक अनुमतिपत्र, सवारी साधन जाँचपास र रुट इजाजतपत्र नवीकरण म्याद थप गरेको छ । यससँगै ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहा भएको छ । मन्त्रिपरिषद् बैठकले मंसिर मसान्तसम्मको लागि ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहासहितको म्याद थप गरेर मंसिर मसान्तसम्म पुर्‍याएको हो ।

सरकारले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने, म्याद थप र संघको अधिकारी क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनको जाँचपास र रुट इजाजत पत्रको नवीकरण गर्ने म्याद थप गरेको हो ।

यसअघि विभिन्न मितिमा भएको निर्णयानुसार सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद भदौ मसान्तसम्म रहेको थियो । त्यसपछि लकडाउन पूर्ण रुपले नहटेको, चाडवाड तथा विविध कारणले यातायात सेवा कार्यालयहरू पूर्णरुपमा नखुल्दा सेवाग्राहीहरूले सेवा लिन असमर्थ रहेकाले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद थप गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले मन्त्रिपरिषदमा पेस गरेको थियो ।

पछिल्लोपटक ५ साउन २०७७ मा सवारी चालक अनुमतिपत्रको नविकरण गर्ने म्याद लकडाउनको अवधिभित्र परेमा भदौ मसान्तसम्म गर्न सक्ने र सो कारणले ढिलो भएवापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा गर्ने व्यवस्था भएको थियो । त्यसअघि, कोभिड १९ का कारण सरकारले १ बैशाख २०७७ मा सवारी चालक अनुमति पत्रको नवीकरण, सवारी साधनको नवीकरण जाँचपास, सवारी साधन कर, सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगातमक परीक्षाको जरिवाना नलिने निर्णय गरेको थियो ।

यातायात व्यवसायीले सवारीचालक अनुमतिपत्र, सवारी साधन जाँचपास र रुट इजाजतपत्र नवीकरण म्याद थप गर्ने निर्णण सकारात्मक भएको प्रतिक्रिया दिएका छन ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको