लोक सेवा आयोगले माग्यो ५ सय १३ जना शाखा अधिकृत (सूचना सहित)

काठमाडौँ – लोक सेवा आयोगले पाँच सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको छ। आयोगले बुधबार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो।

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुलाईएको विज्ञापनमा एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ। न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।

यस्तै आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।

परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।

दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

 

सिफारिस

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन तथा साहसिक ‘जिब्रो छेड्ने जात्रा’ परम्परागत रूपमा मनाइएको छ। यस वर्ष पनि बोडे निवासी सुजन बाग...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। निगमनका अनुसार...

‘ललितकला मेला–२०८२’ सुरु, संस्कृति मन्त्री पाण्डेद्वारा उद्घाटन (तस्वीरहरू)

काठमाडौं - नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको अवसरमा ‘ललितकला मेला–२०८२’ मङ्गलवारदेखि सुरु भएको छ। मेलाको उद्घाटन प्रतिष्ठानका संरक्षक एवं...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज...

‘ललितकला मेला–२०८२’ सुरु, संस्कृति मन्त्री पाण्डेद्वारा उद्घाटन (तस्वीरहरू)

काठमाडौं - नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र...

सिन्दुरको रङमा रंगिएको थिमी (तस्वीरहरू)

भक्तपुर — भक्तपुरको मध्यपुर थिमीमा नयाँ वर्षको अवसरमा मनाइने...

उसु प्राे नाईट्स भाईटमा निर्णायककाे रूपमा शंकर भुजेल, मंगलबार सिक्किम प्रस्थान गर्दै

काठमाडौँ — सिक्किम एमेचर उसु संघकाे आयाेजनामा हुन लागेको...

अन्तर-संसदीय सभामुख सम्मेलनको महासचिवमा सांसद एकनाथ ढकाल नियुक्त

सियोल, कोरिया -पूर्व मन्त्री तथा संघीय सांसद एकनाथ ढकाललाई...

नयाँ बसपार्क सहकारीको अध्यक्षमा सुदीपकुमार श्रेष्ठ चयन

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२६, गोँगबुमा अवस्थित नयाँबसपार्क बचत तथा...

धेरै पढिएको