जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध हो क्षम्य हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ – ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ ।

राष्ट्रसंघको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसंघीय महासन्धि सन् २००३ मा पारित गरेको थियो ।सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ । महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ ।

हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदा हुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन।केही समय अघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताएका छन्। दिवसको अवसरमा सन्देश दिँदै उनले कोभिड–१९ को महामारीलाई पार गरी यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त आचरण व्यवहार काम गर्नैपर्नेमा जोड दिइएको बताए।

प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै भएकाले क्षम्य हुन नसक्ने बताए।

नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरैै हदसम्म ओरालो लागेको बताए।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको