कोरोना भ्याक्सिनको छिट्टै प्रयोग गर्न पाउने व्यवस्था सरकारले मिलाउँदै छ : सञ्चारमन्त्री

काठमाडौँ – सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले मानव अधिकारको सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको उल्लेख गर्दै त्यसमा साथ दिन मानव अधिकारकर्मीहरुलाई पनि आग्रह गरे।

७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले मानव अधिकार हनन् नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारे।

उनले कोभिड–१९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको पनि बताए।

मन्त्री गुुरुङले मानव अधिकारको सुनिश्चित हुनेगरी मुुलुकको शान्ति, समृद्धि र विकासको काममा सरकार प्रतिवद्ध भएर लागि परेको बताए।

मन्त्री गुरुङले सूचनाको हक मानव अधिकारको प्रत्याभूति दिलाउन अनिवार्य सर्त भएको उल्लेख गर्दै त्यस कामलाई प्रभावकारी रुपमा अघि बढाउन मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने स्मरण गराए।

सिफारिस

सरकारले पत्रकारलाई अंकुश लगाउन खोजे महासंघ मौन बस्दैन : महासचिव दाहाल

काठमाडौं -  सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई...

महिला त्रिकोणात्मक ट्वान्टी–२०: नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं - नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

एकल आमाले हुर्काएका सन्तानले अब आमाको मात्रै नामबाट नागरिकता

एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ। मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महिला त्रिकोणात्मक ट्वान्टी–२०: नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं - नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । महिला...

एकल आमाले हुर्काएका सन्तानले अब आमाको मात्रै नामबाट नागरिकता

एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन...

मौसम: ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपात हुने

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला (बुधबार...

आज सहिद दिवस, देशैभरि सार्वजनिक बिदा

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा भएका आन्दोलनमा...

ऊर्जामन्त्री खड्कासँग भारतीय सचिवको आग्रह: भारत लगानी तयार छ वातावरण निर्माण गरिदिनु

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भारतको...

सिमाना मिचिदा नचल्ने गोली मुक्कुमलुङ (पाथीभरा) मा किन चल्यो ?

मुक्कुमलुङ(पाथीभरा) आफैंमा एउटा धार्मिक एवम् सांस्कृतिक , ऐतिहासिक महत्व...

धेरै पढिएको