आर्थिक विवादमा नेकपा प्रवक्ता मुछिएपछि कमानसिंहकी श्रीमतीले निकालिन यस्तो विज्ञप्ति

काठमाडौँ –  पूर्वसांसद तथा नेकपाका नेता कमानसिंह लामाकी श्रीमती इन्द्रमाया तामाङले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएको बताएकी छन् । लामासँगको आर्थिक विवादमा प्रवक्ता श्रेष्ठको नाम मुछिएपछि इन्द्रमायाले शुक्रवार विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेकी हुन् ।

‘श्रीमान एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वसांसद कमानसिंह लामाको असामयिक निधनले म र मेरो परिवार अत्यन्त शोकको अवस्थामा छौं । यही बेला म र लामाबीच भएका केही विवाद र असमझदारीबाट विगतमा सृजित केही घटनाहरुमा हाम्रो पार्टीका नेता एवं प्रवक्ता आदरणीय कमरेड नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएकोमा म अत्यन्त दुःखी छु ।’ विज्ञप्तिमा भनिएको छ ।

तामाङले विगत २२–२३ बर्षसम्मको वैवाहिक सम्बन्धमा खासै ठूलो अन्तरबिरोध र बैमनस्यता नभएको उल्लेख गर्दै सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत याम्बलिङ हाइड्रोपावरको विषयले केही विवाद उत्पन्न भएको उल्लेख गरेकी छिन् ।

‘सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रा.लि. हामी दुवै जनाको नाममा संचालन गर्नेगरी नेपाल सरकारबाट अनुमति प्राप्त गर्यौं । सो हाइड्रो संचालनका लागि विगत १० बर्षदेखि हाम्रो चलअचल सम्पत्ति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर संचालन गर्ने प्रयत्न गर्यौं । तर न हामीले हाइड्रो संचालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं । त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभएको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईहरु पनि संलग्न भएर संस्था बचाइदिनुस् भनेर पटक–पटक अनुरोध गर्यौं । सोही बमोजिम हामी दुवै जनाको सहमतिमा हाम्रो केही सेयर रहनेगरी सबै आर्थिक र कानुनी प्रक्रिया पु¥याएर हस्तान्तरण गर्यौं’, उनले विज्ञप्तिमा भनेकी छिन् ।

यस्तै उनले विज्ञप्तिमा भनेकी छिन्, ‘तत्कालीन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति लामाको सेयर थोरै थियो । अन्य ब्यक्तिको सेयर पनि थियो । हामीले संचालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेत सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्य लगायतका साथीहरुको कम्पनीले हाम्रो उद्धार नै गर्यो ।’

उनले नारायणकाजी श्रेष्ठ राजनीतिक अभिभावक भएको उल्लेख गर्दै श्रेष्ठले आर्थिक पारदर्शीता र अनुशासनको बारेमा सम्झाएको विज्ञप्तिमा जनाएको छ । सोही कुरालाई जोडेर श्रेष्ठको राजनीतिक जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही ब्यक्ति वा संस्थाहरु लागिरहेको उनको भनाइ छ ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको