काठमाडौं – काठमाडौं उपत्यकामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ३८१ जना, भक्तपुरका ३३ जना र ललितपुरका ६९ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा ५२४२ जनाको पिसिआर परिक्षण गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ५४१ जना मा कोरोना संक्रमण भएको थियो।
यस्तै नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ताका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २४७५९३ पुगेको छ।
