पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६८९ पुगेको छ।
पछिल्लो २४ घन्टामा ५२४२ जनाको पिसिआर परिक्षण गरिएको छ।
यस्तै नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ताका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २४७५९३ पुगेको छ।
