विरोध भड्काएको आरोपमा एक पत्रकारलाई फाँसी

तेहरान, (एजेन्सी) – इरानका एक पत्रकारलाई विरोध भड्काएको आरोपमा फाँसी दिइएको छ । पत्रकार रुहोल्लाह जामलाई मेसेजिंग एपका माध्यमबाट दंगा भड्काउने कृत्य गरेको आरोपमा शनिबार फाँसी दिइएको सरकारी सन्चार माध्यमले जनाएको छ । सर्वोच्च अदालतले उनको फाँसीको सजालाई कायम गरेको थियो ।

फ्रान्समा सरण लिइरहेका जाम कसरी गिरफतार भए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गतबर्ष इराक गए लगत्तै उनलाई गिरफ्तार गरिएको बताइएको छ । जाम अमादन्युज नामक एक सरकार विरोधी लोकप्रिया फोरम चलाउँथे । इरानमा अमादन्युजमा सन् २०१७ र १८ को देशब्यापी विरोध प्रदर्शनलाई भड्काएको आरोप लगाइएको थियो । १० लाख भन्दा धेरै फलोअर्स भएको अमादन्युजले मेसेजिंग एप टेलिग्राममा विरोध प्रदर्शनकारीहरुको भिडियो र इरानी अधिकारीहरुका बारेमा कयौं जानकारी साझा गरेको थियो ।

इरान सरकारले यो नेटवर्कलाई बन्द गराइएको थियो तर पछि यसलाई अर्कै नामबाट सुरु गरियो । सुधारवादी इस्लामिक विज्ञ मोम्मद अलि जामका छोरा रुहोल्लाहलाई इरानमा सबैभन्दा गम्भिर अपराध भ्रष्टाचारको आरोपमा दोषि ठहर्याइएको थियो । यद्यपी मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जाम अनुचित सुनवाइको सिकार भएको जनाएको छ । जहाँ उनलाई जबरजस्ती अपराध स्विकार गराइएको थियो ।

केही दिन अघि फ्रान्सको विदेश मन्त्रालयले जामको मृत्यको सजायको फैसला इरानमा अभिब्यक्तीको स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि गम्भिर हमला भएको बताएका थिए । सन् २००९ को विवादित राष्ट्रपति चुनावपछि जामलाई इरानमा हिरासतमा लिइएको थियो । तर पछि उनी फ्रान्समा सरण लिन सफल भएका थिए ।

इरानको रिभोलुसनरी गार्ड कप्र्सले आधुनिक प्रविधि र रचनात्मक तरिकाबाट विदेशी गुप्तचर सेवालाई झुक्याउन सफल भएको र जामलाई गिरफ्तार गरिएको बताएको थियो । जाम फ्रान्स, इजरायल र अमेरिकी गुप्तचर एजेन्सीको सुरक्षा रहेको पनि रिभोलुसनरी गार्डले आरोप लगाएको थियो ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको