भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल अब कहिलै हिन्दू राज्य हुन नसक्ने बताएका छन् ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ५ स्थित ऐतिहासिक मुलकोटगढी महाँकाल त्रिशुलडाँडा परिसरमा १२१ फिट लामो त्रिशुल बनाउने स्थानको शिलान्यास कार्यक्रममा उनले राजावादीहरुको आन्दोलनलाई इंगित गर्दै नेपाल अब कहिल्यै पनि हिन्दू राज्य हुन नसक्ने बताएका हुन् ।
उनले हिन्दू धर्मको पालना गर्न र हिन्दू आचारण गर्न हिन्दू धर्मावलम्वीलाई संविधानले नरोकेको भन्दै हिन्दू राष्ट्र र हिन्दू राज्य फरक फरक विषय भएकाले नेपाल अब हिन्दू राज्य हुन नसक्ने बरु हिन्दु राष्ट्र चाहिँ हुन सक्ने बताए ।
एशियाकै लामो भनिएको १२१ फिट लामो त्रिशुल करिब ३ करोड ३२ लाख रुपैयाँको लागतमा करिब एक वर्षमा निर्माण गरिन लागेको हो ।
वि.सं. २०७१ सालमा सोही परिसरमा गोरक्षनाथको मन्दिरको सिलान्यास गरिएको थियो । मन्दिर अझै निर्माण हुन सकेको छैन् ।
