कांग्रेसले भोलि देशव्यापी किन गर्दैछ प्रदर्शन, कुन नेता कहाँ सहभागी हुँदै ?

काठमाडौँ – सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउन भन्दै नेपाली कांग्रेसले सोमवार देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रदर्शनमा सहभागी हुन अधिकांश नेताहरू खटाएको जिल्लामा पुगेका छन् । देशका प्रमुख शहरमा हुने प्रदर्शनमा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

भोलि सोमवारको प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं र उपसभापति विमलेन्द्र निधि भक्तपुरको सभामा सहभागी हुनेछन् । महामन्त्री डा. शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर र अर्का महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर ७७ वटै जिल्लामा समन्वय गर्नेछन् ।

नेता अर्जुननंसिह केसी पोखरा, प्रकाशमान सिंह जनकपुर, रामशरण महत चितवन र गुरुराज घिमिरे खोटाङको कार्यक्रममा सहभागी हुनेछन् । प्रदर्शनको पूर्व सन्ध्यामा कांग्रेस सभापति देउवाले एक अपील प्रकाशित गरी सामाजिक दूरी कायम गरेर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ अपीलमा देउवाले भनेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकार प्रतिको वितृष्णा मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक हो । अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’

पुल उद्घाटनका क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले मंसिर २९ गतेका लागि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको