काठमाडौँ – नेपालमा थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २४८४२३ पुगेको छ।
पछिल्लो अपडेट अनुसार १०९९४ जना सक्रिय संक्रमित पुगेका छन्।
पछिल्लो २४ घन्टामा ५१८१ जनाको पिसिआर परिक्षण गरिएको छ।
त्यस्तै आजै थप १५०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २३५७३१ पुगेको छ।
