ललितपुर – ललितपुरको ग्वार्खोस्थित एक पेट्रोल पम्पमा भीषण आगलागी भएको छ । आइतबार साँझ पम्पमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ ।
तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् । पम्प छेउको घरमा पनि आगो सल्किएको छ ।
सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुले आगो आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
अहिलेसम्म मानविय क्षति हुन नपाएको एसएसपी बज्राचार्यले बताइन् । आगलागीबाट जोडिएको घरमा क्षति पुगेको छ भने केही मोटरसाइकल जलेको छ । यस्तै एउटा तेल ट्याङ्करको अगाडिको भाग जलेको छ ।
