भाजपाका नेता नेपाल आउँदा प्रचण्ड र नेपाललाई जानकारी नदिएको भन्दै आपत्ति

काठमाडौँ- भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वदेश फर्केको भोलिपल्ट उनको भ्रमणले सत्ताधारी नेकपाभित्र नयाँ विवादको सिर्जना गरेको छ।

अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलको निम्तोमा आएका चौथाइवालेले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, मुख्य प्रतिपक्ष दलका नेता र जनता समाजवादी पार्टीका नेताहरुलाई भेटेर शनिबार दिल्ली फर्केका थिए।

स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले विजयलाई सरकारी व्यक्ति सरह आमन्त्रण गरिएको र प्रधानमन्त्री ओलीले बालुवाटारमा वार्ता गरेको आरोप लगाएका छन्।


यसअघि भारती जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयलसँग असोज ५ गते राति बालुवाटारमा वार्ता भएपछि रावललगायत नेताहरुले कुटनीतिक परम्परा र मर्यादामा प्रश्न गरेको आरोप ओलीविरुद्ध लगाएका थिए।

देश, पार्टी र पदको गरिमाको रक्षा गर्नुपर्ने रावलले विजयलाई निमन्त्रणा गर्दा ओली निकट महासचिव पौडेलले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधव नेपाललाई जानकारी नदिएको पनि दावी गरेका छन्।

उनले ट्वीटरमा भनेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिइ भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो। देश, पार्टी र पदको गरिमाको रक्षा होस्।’

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको