काठमाडौं – काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २४६ जना, भक्तपुरका ३४ जना र ललितपुरका ५३ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा ५४२३ जनाको पिसिआर परिक्षण गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ३४८ जना मा कोरोना संक्रमण भएको थियो।
यस्तै नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २४९२४४ पुगेको छ।
