डडेल्धुरामा बहुप्राबिधिक शिक्षालयका लागि पहल

डम्बर निदाल
डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा बहु प्राबिधिक शिक्षालयका लागि पहल शुरु भएको छ ।
जिल्ला समन्वय समिति डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले डडेल्धुरामा बहु प्राबिधिक शिक्षालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि शिक्षा मन्त्रालयलाई सहमति दिने निर्णय गरी पठाइएको हो ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको अध्यक्षतामा मंगलवार बसेको सर्बपक्षिय बैठकमा बहु प्राबिधिक शिक्षालयको स्थापनाका लागि आवश्यक प्रकृया शुरु गर्न उपस्थित सहभागिले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु राज्यबाट उपेक्षित बन्दै आएको बताउदै बहु प्राबिधिक शिक्षालयको स्थापनाका लागि आवश्यक प्रकृया अगाडी बढाउन पहल कदमी शुरु गरिएको हो ।

डडेल्धुरामा बसेको सर्बपक्षिय बैठकमा प्राबिधिक शिक्षा तथा व्यवसायिक तालीम केन्द्र (सिटिईभिटी) अन्र्तगत सुदूरपश्चिमको डडेल्धुरामा बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने मन्त्रिपरिषद्को मिति २०७४ माघ ११ गतेको निर्णय कार्यान्वयनका लागि जिल्लाका सात वटै स्थानीय तह, जिल्ला स्थित राजनीतिक दल, सरोकारवाला निकाय, नागरिक समाज, बिभिन्न सामाजिक संघसंस्थाहरु लगायत सञ्चारकर्मी बिच भएको छलफलमा डडेल्धुरामा बहुप्राबिधिक शिक्षालयको आवश्यकता रहेकोले परिपत्र गर्ने निकाय शिक्षा मन्त्रालय लाई जिल्लाको सहमति निर्णय गरि पठाईएको हो ।

बैठकबाट जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरि सात स्थानीय तहका प्रमुख, जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ र उद्योग बाणिज्य संघ सदश्य तथा जिल्ला समन्वय समिति डडेल्धुरा सदश्य सचिव रहने गरि १७ सदश्यीय समिति पनि सर्बसम्मत चयन गरेको छ ।

देशमा मध्यम तथा निम्नस्तरका सिपमूलक जनशक्ति तयार गरि स्थानीय स्तरमा आय तथा रोजगारीका अवसरहरु सिर्जना गरि आर्थिक दृष्टिबाट पनि समुन्नत नेपालको निर्माण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा बहुप्राबिधिक शिक्षालय नभएको अवस्थामा तत्कालिन मन्त्रिपरिषद्को बैठकबाट निर्णय भए पनि कार्यान्वयनको लागि प्रकृया शुरु गर्न सैद्धान्तिक सहमति प्रदान भए पछि जग्गा उपलब्ध र बिस्तृत अध्ययन गर्न मन्त्रालयले गरेको परिपत्रका आधारमा जिल्ला स्तरिय बैठकमा निर्णय गरेर पठाईएको प्रमुख गणेशराज भट्टले बताए ।

बैठकका सहभागिले जिल्लामा शुरु भईरहेका शैक्षिक पूर्बाधारलाई पनि सबल र व्यवस्थित बनाउँदै नयाँ विषय प्राबिधिक शिक्षा हासिल गर्न चाहने गरिब बिपन्न परिवारका बिद्यार्थीका लागि सस्तो सुलभ र सहज बाताबरणमा पढन पाउनु पर्ने संबैधानिक र मौलिक अधिकारको रक्षार्थ थप पहलका लागि पनि सबैको ऐक्यबद्धता तथा सहयोग समर्थन र सक्रियता रहनु पर्ने बताएका छन ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको