७३ राउन्ड गोली र हतियारसहित १ जना पक्राउ

खोटाङमा ७३ राउन्ड गोली र हतियारसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोदरेका २२ वर्षीय केबी तामाङ छन् ।

साकेला गाउँपालिका १, सेखुवाको खलेबारी जंगलबाट एकथान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्‍ने ७ राउन्ड गोली, लामो हतियारमा लाग्‍ने ६६ राउन्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुदसमेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त जंगल सर्च गर्ने क्रममा तीनजना व्यक्ति जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङलाई उक्त हातहतियारसहित फेला पारी
पक्राउ गरेको हो ।

साथै उक्त टोलीले जंगल पुनः सर्च गर्ने क्रममा बेडसमेतको २ वटा टेन्ट, विभिन्‍न कम्पनीका १७ थान मोबाइल, ८ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिदलगायत विभिन्न सामान पनि बरामद गरेको छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको