विद्यालय भवन हस्तान्तरण

रामेछाप -रामेछापको मन्थली नगरपालिका ९ पुरानागाउमा निर्माण सम्पन्न भएको स्थानापति माध्यामिक विद्यालयको भवन बुधबार विद्यालयलाई हस्तान्तरण गरीएको छ ।
राष्ट्रिय पुननिर्माण प्रँधिकरण अन्तरगत निर्माण भएको उक्त भवन मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले बुधबारनै उद्घाटन गरी उनले विद्यालयको सांचो व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्ष्ँतिग्रस्त सामुदायिक विद्यालय पुननिर्माण गर्ने सिलसिलामा विपत उत्थानसिल विद्यालय परियोजना मार्फत एसियाली विकास बैंकको सहयोगमा उक्त भवन निर्माण भएको हो । विद्यालय भवन खानी निर्माण सेवाले निर्माण गर्ने जिम्मेवारी लिएको थियो । उक्त निर्माण सेवाका प्रतिनिधी दिपेन्द्र कार्कीले तोकिएको अवधिमा विद्यालय भवन र परिसरका सम्पूर्ण पूर्वाधारको काम सकेर हस्तान्तरण गरेको वताए ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख रमेशकुमार वस्नेतले शिक्षाको गुणस्तरका लागि विद्यालय भवन र अन्य पूर्वाधार सगसगैं पठनपाठनमा सुधार आवश्यक रहेको औंल्याएका थिए । उनले विद्यालयमा अध्यापन गर्ने शिक्षकलेनै सिकाई उपलव्धि ल्याउन सक्ने हुदा त्यस तर्फ क्रियासिल भएर लाग्न शिक्षकहरुलाई आग्रह गरेका थिए । नगरपालिकाले शिक्षा क्ष्ँेत्रको सुधारका लागि के गर्नुपर्ने हो ? त्यसको खाका ल्याउन विद्यालयहरुलाई निर्देश गरीसकेको वताउदै अव पनि टालटुले पाराले विद्यालयमा पठन पाठन गर्ने सह्य नहुने चेतावनी दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्णवहादुर तामाङले २०७२ सालको भूकम्पले शिक्षाका संरचना पुननिर्माणका लागि ढोका खोलेको वताए । उनले पूर्वाधारको काम नपुगे कराउने ठाउं रहने तर शिक्षा विग्रेमा त्यसको दोष अरुलाई नभै शिक्षकहरुलेनै लिनु पर्ने वताएका थिए ।
भवन उद्घाटन कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना प्रमुख निर्मलकुमार घिमिरेले २० कोठे भवन र परिसर निर्माणमा करिव १३ करोड खर्च लागेको जानकारी गराए । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सभापति रमेश ढुंगेल र वडा अध्यक्ष बुद्धिवहादुर पुलामीले समेत आ आफ्नो धारणा राखेका थिए ।
यसैविच विद्यालयको खेल मैदानको लागि जग्गा अप्रयाप्त भएकोले निर्माण व्यवसायी दिपेन्द्र कार्कीले व्यक्तिगत २ लाख रुपैया सहयोग गरेका छन् ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको