राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा

काठमाडौं – सरकारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निमित्त पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ ।

पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय राप्रपाले गरेको छ । पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने र पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

राप्रपाका अनुसार पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सन्चालन हुने छ । तर दोस्रो चरणको कार्यक्रमको स्वरुप भने राप्रपाले सार्वजनिक गरेको छैन ।

यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।

सिफारिस

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ।...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

भर्खरै

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

धेरै पढिएको